तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा कर्जा दिन नपाइने

तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा कर्जा दिन नपाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वन गर्न एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि यस्तो नियम रहेको थिएन् । ‘कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन ।

तर, नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता\अनुदान रकमलाई बैंक तथा वित्तीय

संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण पचिालन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गतको कर्जा औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न यस व्यवस्थाले बाधा पु-याएको मानिने छैन । निर्देशनमा भनिएको छ ।’

Recent Comments

No comments to show.