अर्जेन्टिनाविरुद्ध दक्षिण कोरिया १-० ले अगाडि

अर्जेन्टिनाविरुद्ध दक्षिण कोरिया १-० ले अगाडि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  फिफा महिला विश्वकपमा समूह जी अन्तर्गत अहिले अर्जेन्टिना र दक्षिण अफ्रिका खेलिरहेका छ। 

समूह चरणको पहिलो खेलमा पराजित दुवै टोलीलाई नकआउट चरण प्रवेशका लागि जित्नैपर्ने दबाव छ। न्यूजिल्याण्डमा जारी खेलको पहिलो हाफमा दक्षिण अफ्रिका एक शून्यले अगाडि छ।  

समूह चरणको पहिलो खेलमा अर्जेन्टिना इटालीसँग १–०ले पराजित भएको थियो। त्यस्तै दक्षिण अफ्रिका स्वीडेनसँग २–१ गोलले स्तब्ध भएको थियो। यी दुई टोली अंकविहीन छन्।

यो बाहेक विश्वकपमा आज अरु दुई खेल हुदै छन्। आज दिउँसो युरोकप विजेता इंग्ल्याण्डले डेनमार्कसँग खेल्नेछ। यी दुईबीचको खेल दिउँसो सवा २ बजे एलिनाज स्टेडियम अष्ट्रेलियामा हुनेछ। 

समूह चरणको पहिलो खेलमा इंग्ल्याण्डले हाइटीलाई १–० ले हराउँदा डेनमार्कले चीनलाई १–० ले नै पराजित गरेको थियो। आजै हुने अन्तिम खेलमा समूह डी मा रहेका चीन र हाइटी भिड्नेछन्। दुवै टोली अंक विहीन छन्। यो खेल  खेल नेपाली समयअनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ।

Recent Comments

No comments to show.