अप्पर लोहोरे खोला हाइड्रोले साउन १८ गतेदेखि आईपीओ निष्कासन गर्ने

अप्पर लोहोरे खोला हाइड्रोले साउन १८ गतेदेखि आईपीओ निष्कासन गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ३९ हजार ७६५ कित्ता कम्पनीका कर्मचारी, सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।

Recent Comments

No comments to show.