सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो।

स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।

पार्कमा हिँड्न नपाएको भन्ने जन गुनासो आएको र वडाको स्वीकृती समेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृती लिएर मात्रै गर्न आग्रह गरे।

उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरुले महोत्सव गरेको बताएका थिए । नगरप्रहरी र स्थानीयबीच केहीबेर भनाभन समेत भएको थियो।

आफूहरूले लिखित रुपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।

Recent Comments

No comments to show.