राष्ट्र बैंकले भन्यो-‘कृषि कर्जामा सडकले नछोएको जग्गा धितोमा पनि २० लाखसम्म दिनू’

राष्ट्र बैंकले भन्यो-‘कृषि कर्जामा सडकले नछोएको जग्गा धितोमा पनि २० लाखसम्म दिनू’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा बैंक तथा वित्तीय संस्थाहरूलाई सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्न आग्रह गरेको छ ।

वित्तीय चेतनाका निम्ति एक सन्देश जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्थालाई निरन्तरता दिइएको जनाएको हो । यस्तो कर्जा निजी वा व्यक्ति नभएर कृषि कर्जाका लागि भएको स्पष्ट पारेको छ ।

योसँगै खाद्य उत्पादन, पशु पालन तथा माछा पालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्वीकारी बैंकहरुले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने भएको छ ।

यस्तो कर्जा मागको फाइल सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । कर्जा नदिएको वा कुनै समस्या भए सेवाग्राहीले सिधै केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत राष्ट्र बैंक सबैमा सुसूचित गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा जोखिमलाई हेरेर सडक (मोटर बाटो)ले छोएको जग्गालाई मात्र धितो राखेर कर्जा प्रदान गर्दा वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेर राहत दिने प्रयस गर्दै आएको छ ।

Recent Comments

No comments to show.