मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने प्रतिक्रिया दिएका छन्।

ढकालले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए। उनले गत वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गरे। ‘मौद्रिक नीतिले कर्जा बिस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ । जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्य भन्दा पनि कम हो’, उनले भने, ‘सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन ।’

अध्यक्षले ढकालले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावको सम्बोधन नभएको पनि बताए। उनले निजी क्षेत्रले दिएका सुझाव सम्बोधन हुन्छ भन्ने अपेक्षा भए पनि निजी क्षेत्रको अपेक्षा अनुसार मौद्रिक नीति नआएको दाबी गरे।

‘निजी क्षेत्रका तीन वटा छाता संस्थाहरू उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा सुझावहरु दिएका थियौँ । निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो’, उनले भने, ‘निजी क्षेत्रले दिएको सुझावलाई अझै समेटेर जाँदा धेरै कुरामा सकारात्मक हुन्छ भन्ने निजी क्षेत्रको धारणा छ।’

अध्यक्ष ढकालले मौद्रिक नीति आए पनि निर्देशन आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावलाई अझै समेटेर निर्देशन जारी गर्न माग गरे। उनले निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताए।

Recent Comments

No comments to show.