काठमाडौँ । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत वन्दना कर्णले व्युटिसियन पेसामाथि आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ ।
सुष्मा महराले चाबहिलस्थि केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको संघले बताएको छ ।
शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनीयतामाथि आँच आएको भनी महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेको संघको विज्ञप्तिमा भनिएको छ।
सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरुपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरि झुटा मुद्दा लगाउन जोडबल गरिरहेको संघकी महासचिव शशि शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया