अवरोधकाबीच बञ्चरेडाँडामा खसाल्न थालियो फोहोर

अवरोधकाबीच बञ्चरेडाँडामा खसाल्न थालियो फोहोर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ।

फोहोर लैजाने क्रममा धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा स्थानीयले अवरोधको प्रयास गरेका थिए। स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। काठमाडौं महानगरपालिकाका अनुसार प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको थियो। ती गाडीको फोहोर विसर्जन गरिएको हो।

स्थानीयले बञ्चरेडाँडा वरपरको मानव बस्ती खाली गर्नुपर्ने भन्दै साउन १ गतदेखि फोहोर विसर्जनमा अवरोध गरिरहेका थिए।

Recent Comments

No comments to show.