‘गल्ली म्याप’ बन्यो स्टार्टअप वर्ल्ड कप नेपालको विजेता

‘गल्ली म्याप’ बन्यो स्टार्टअप वर्ल्ड कप नेपालको विजेता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुगलले गर्न नसकेको काम नेपालमा गर्ने स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको विजेता बनेको छ । बिहीबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले हरू सबैलाइ पछि पार्दै नेपाल चेम्पियनको ताज जितेको हो ।

देशभरका स्टार्टअपहरू बीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ जना बीच भएको प्रतिस्पर्धामा गल्ली गल्ली म्याप उत्कृष्ट भएको हो ।

विश्वभरका लगभग १०० देशहरूमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुआत गरेको हो ।

विकसित देशहरू सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यस पटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वल्र्डकप नेपाल एडिसनको उद्धघाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरूलाई प्रवद्र्धन गर्न र उनीहरूको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपाली बजेटमा पनि सम्बोधन गरेको बताए ।

स्टार्टअप वल्र्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरे ।

स्टार्टअप वल्र्डकपको बिहीबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरूमा llGai map, Quickfox consulting, Diyo AI, Aster Innovation,lKeanit upcyclers रहेका छन्

विजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालिमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् 

Recent Comments

No comments to show.