एनएमबि बैंकले ल्यायो दुई नयाँ अफर, जुनसुकै बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने

एनएमबि बैंकले ल्यायो दुई नयाँ अफर, जुनसुकै बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले इएमएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।

यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । जसले गर्दा परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन सहज हुन्छ । सो अफर श्रावण मसान्त सम्म लागु हुने बैंकले जनाएको छ ।

बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

Recent Comments

No comments to show.