बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रदेश सभा भवन हेटौडामा बस्ने छ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । तर, प्रमुख प्रतिपक्ष दल एमालेसहित राप्रपाले बजेट विभेदकारी रहेको भन्दै विरोध गर्दै आएकाले यसअघिका लागि तय भएका बैठक समेत बस्न सकेका छैनन् ।

यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।

हिजो पनि २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भए पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक स्थगित भएको थियो ।

एमालेले हिजो नै पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने बताएको छ ।

आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा सरकार रहे पनि बैठक सुचारू हुनेमा अन्योलता छ ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०–०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।

Recent Comments

No comments to show.