प्रिमियममा आइपीओ बेच्न रिलायबल लाइफले पायो स्वीकृति, प्रतिकित्ता मूल्य कति ?

प्रिमियममा आइपीओ बेच्न रिलायबल लाइफले पायो स्वीकृति, प्रतिकित्ता मूल्य कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको हो ।

बोर्डका अनुसार रिलायबलले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यस अनुसार अब कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँ सेयर बेच्न पाउने छ ।

कम्पनीले प्रतिकित्ता २५७ रुपैयाँ दरले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । बोर्डको अनुमति पाएसँगै अब कम्पनीले ६० दिनभित्र सेयर बिक्रीमा ल्याउनुपर्नेछ ।

रिलायबलको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन आइपीओ जारी गर्न लागेको हो ।

Recent Comments

No comments to show.