नारायणगढ-मुग्लिन खण्डमा पहिरो खस्ने क्रम जारी,वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

नारायणगढ-मुग्लिन खण्डमा पहिरो खस्ने क्रम जारी,वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । 

हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।

पहिरोका कारणले आज पनि बाटो रोकिने अवस्था छ । भरतपुरको डिभिजन सडक कार्यालयका दुईवटा डोजर पहिरो गएकै ठाउँमा छन् ।

तर डाँडाको माथिबाट ठुला ढुंगाहरू खसेर सडकमा बजारिने गरेका कारणले खसेको पहिरो खासै ठूलो नभए पनि सफा गर्न गाह्रो हुने गरेको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

Recent Comments

No comments to show.