१४ अर्बबढी हिनामिना गर्ने शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

१४ अर्बबढी हिनामिना गर्ने शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्।

 प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।  

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

 उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्। 

Recent Comments

No comments to show.