रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, गृहमन्त्री श्रेष्ठले ताने बल

रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, गृहमन्त्री श्रेष्ठले ताने बल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल पहिलो पब्लिक मिडिया नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज बाँडफाँट गरिएको छ।  बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँट गरेको हो । 

मिडिया क्षेत्रको पहिलो कम्पनीको रूपमा धितोपत्र बजारमा भित्रिन लागेको यस कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणराजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आईपीओ बाँडफाँटका लागि बल समेत श्रेष्ठलेनै तोनेका थिए ।

यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो। 

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये एक जनाले थप १ कित्ता सेयर पाएका छन् । ८ लाख ६५ हजार ५८० जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले जेठ २६ देखि ३० गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड १९ लाख ८९ हजार १०० रुपैयाँ बराबरको ३६ लाख १९ हजार ८९१ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

Recent Comments

No comments to show.