काठमाडौं । काठमाडौंको तारकेश्वर र गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १३ जना समातिएका छन् ।
तारकेश्वर नगरपालिका–१०, मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका–१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७२० रूपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँदेवी गुरुङको होटेलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप सातजनालाई पक्राउ गरिएको छ ।
दोरम्भा घर भई गोकर्णेश्वर नगरपालिका–५, नारायणटार बस्ने ४८ वर्षीय हिराबहादुर तामाङसहितलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७९० रूपैयाँ, एक हजार ६०० भारतीय रूपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया