मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट

मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ। 

मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। हरेक जिल्लाको एक निर्वाचन क्षेत्रबाट एउटाका दरले १६५ वटा विद्यालय छनोट गरिएको मन्त्रालयले जनाएको छ। 

त्यसबाहेक हरेक महानगरपालिका र उपमहानगरपालिकाभित्रबाट थप दुई वटाका दरले विद्यालय छनोट गरेको मन्त्रालयले जनाएको छ। मुलुकभर पाँच महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले उत्कृष्ट घोषित प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताए।

रकम स्थानीय तहमार्फत उपलब्ध गराइने छ। रकमको सदुपयोग भए वा नभएको विषयमा स्थानीय तहमार्फत अनुगमन गरिने छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्यसम्पादन परीक्षणबाट उच्च अंक प्राप्त गरेका विद्यालयलाई आर्थिक सहायताका लागि छनोट गरिएको हो। 

केन्द्रले स्थापना कालदेखि नै माध्यमिक तहका विद्यालयको मात्रै कार्य सम्पादन मूल्यांन गर्दै आएको छ। विद्यालय कार्यसम्पादन परीक्षणका लागि केन्द्रले मुख्य गरी चार वटा सूचक निर्धारण गरेको छ। 

लगानी, प्रक्रिया, उपलब्धि र सेवाग्राहीको सन्तुष्टिको स्तर सबैलाई गरेर कुल ८९ वटा सूचक निर्धारण गरिएको छ। मुलुकभर छ हजार ८८५ वटा सामुदायिक माध्यमिक विद्यालय छन्। 

Recent Comments

No comments to show.