सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले विभिन्न संस्थाहरूको सेवामा २० प्रतिशतसम्म छ्ट पाउने भएका छन् ।

बैंकले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन विभिन्न संस्थाहरुसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकले आदर्शनगर, वीरगञ्जमा अवस्थित क्याफे मोकाका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट पाउने भएका छन् ।

त्यसैगरी, आदर्शनगर, वीरगञ्जमा अवस्थित माल्ट एन्ड माल्ट प्रालिका सेवाहरूमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

त्यस्तै, ब्राह्मचोक, वीरगञ्जमा अवस्थित लक्ष्मी प्याराडाइजका सेवाहरूमा पनि अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सिटिजन्स बैंकले १८४ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर, १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत सेवा दिँदै आएको छ ।

Recent Comments

No comments to show.