बजेट नसच्याइकन पारित हुन सक्दैन : उपेन्द्र यादव

बजेट नसच्याइकन पारित हुन सक्दैन : उपेन्द्र यादव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरुसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताए।

बिहीवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतका कमी कमजोरीहरूलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए।

उनले आदिवासी, मधेसी मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए।

अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा पारित हुन नसक्ने बताए। उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै संसदबाट पास हुने बताए। उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताए । बजेट सच्याएर अघि बढ्ने सहमति गठबन्धन दलबीचमा भइसकेको पनि उनको भनाइ छ । 

अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताए।

Recent Comments

No comments to show.