जनताले रास्वपालाई आशा र भरोसाको रुपमा लिएका छन् : रवि लामिछाने

जनताले रास्वपालाई आशा र भरोसाको रुपमा लिएका छन् : रवि लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताएका हुन्।

उनले त्यसको स्पष्ट संकेत देखिइसकेको बताए। उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए। उनले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताए।

उनले भने, ‘अत्यन्त सकारात्मक, अत्यन्त ऊर्जावान, नेपाली जनताले एउटा आशा र भरोसाका रूपमा हेरेको यात्राको रुपमा मैले पाएको छु। शुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन। समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो। तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजी नै सकेको छ। यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो। यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए।

उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए। दुई जनालाई पार्टी प्रवेश गराउन सके खुसीको कुरा हुने उनको भनाइ छ।

उनले भने, ‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदै छ। चाहनाअनुरूप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनुभयो भने त, हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छँदैछौँ नि। सम्बन्धका हिसावले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ। उहाँहरुको कामको हिसाबले पनि मैले त निरन्तर रुपमा उहाँहरुको कामको प्रशंसा गरेकै छु। चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरुको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई । त्यो आफैँमा राम्रो संकेत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुशीको कुरा हुनेछ ।’

सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताए। कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका अनिल केशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफू पार्टी प्रवेश गरेको बताए।

उनले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महशुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्नका लागि पार्टीमा आएको बताए।

नेता शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको सभापति लामिछानेले जानकारी दिए।

Recent Comments

No comments to show.