सरकारका सबै वेबसाइट एकैपटक डाउन

सरकारका सबै वेबसाइट एकैपटक डाउन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ। सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन्।

सर्भर ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो। ‘सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन्। ह्याक भएको हो वा प्राविधिक कारण भएको हो। त्यसबारे अझै अध्ययन भइरहेको छ,’ स्रोतले भन्यो।

केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन। जसका कारण हवाई उडानलगायत अति आवश्यक काम कारबाही हुन सकेको छैन।

Recent Comments

No comments to show.