बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो

बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो।

बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ छ । कुल बजेटको चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको हो ।

स्रोततर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणमार्फत १७ अर्ब ८१ करोड २३ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने बताइएको छ ।

Recent Comments

No comments to show.