आजदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

आजदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वर्षाको सुरुवातसँगै सरकारले कुनै पनि बाहानामा सडक खन्न नपाइने व्यवस्था गरेको छ। सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

सरकारले वर्षायाममा सडक खन्दा समयमै मर्मत गर्न कठिन हुने तथा बाटो थप बिग्रने भन्दै भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने व्यवस्था गरेको हो।

बर्खामा खन्दा सडक थप बिग्रिँदै जाने भएकाले भदौ मसान्तसम्मका लागि कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने जनाइएको छ।

त्यस्तै निर्देशानलयले कसैले जवर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने समेत स्पष्ट पारेको छ।

Recent Comments

No comments to show.