हुन्डाईका ईभी किन्न प्रभु बैंकले ऋण दिने

हुन्डाईका ईभी किन्न प्रभु बैंकले ऋण दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालि बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टलले बिक्री गर्ने इलेक्ट्रीक भेहिकल किन्न बैंकले छिटो, छरितो र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।

यो सुविधा बैंकका देशभरकै ३०१ शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । लक्ष्मी कन्टिनेन्टलले हाल  हुन्डाइका ईभी बिक्री गर्दै आएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

Recent Comments

No comments to show.