चार योग्य संस्थागत लगानीकर्ता थपिए,बोर्डबाट स्वीकृति पाउनेको संख्या १३५ पुग्यो (सूचीसहित)

चार योग्य संस्थागत लगानीकर्ता थपिए,बोर्डबाट स्वीकृति पाउनेको संख्या १३५ पुग्यो (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल  धितोपत्र बोर्ड (सेबोन) ले थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ) को रूपमा काम गर्न अनुमति दिएको छ ।

सेबोनको नियमन तथा व्यवस्थापन विभागले थप ४ संस्थाहरूलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।सेबोनको गत बैशाख १० गतेका निर्णयबाट राष्ट्रिय वाणिज्य बैंक, एनआईबिएल सुलभ इन्भेस्टमेन्ट फन्ड–२, लागत इन्भेस्टमेन्ट प्रालि र ट्रु नर्थ एसोसिएट्स प्रालिलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो । सेबोनको पछिल्लो निर्णयसँगै योग्य संस्थागत लगानीकर्ताको काम गर्न स्वीकृति पाउनेको संख्या १३५ पुगेको छ ।

यसअघि विभिन्न मितिमा १३१ कम्पनीले स्वीकृति पाएका थिए । बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत सेयर किनबेच गर्न पाउने छन्।

यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।

खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ।

जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

के हो बुक बिल्डिङ

बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।

यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।

Recent Comments

No comments to show.