भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

सरकारले २०७१ सालमा कर फर्स्योट गर्न आयोग गठन गरेको थियो। त्यसमा चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए। त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा आयोगका सदस्य सचिव थिए।

त्यतिवेला कर फर्स्योट आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। २०७४ साउन १ गते दर्ता भएको मुद्दामा आज फैसला आएको हो।

Recent Comments

No comments to show.