५ महिनामा भित्रिए ४ लाखभन्दा धेरै विदेशी पर्यटक

५ महिनामा भित्रिए ४ लाखभन्दा धेरै विदेशी पर्यटक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२३ को पाँच महिना (जनवरी-मे)मा चार लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म कुल ४ लाख ४ हजार २५७ विदेशी पर्यटक भित्रिएका हुन् ।

मे महिनामा मात्रै ७७ हजार ७३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए ।

तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ६७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५४५, चीनबाट ४ हजार ६६७, बेलायतबाट २ हजार ९२७, अष्ट्रेलियाबाट २ हजार १८४ जना पर्यटक आएका छन् ।

बङ्गलादेशबाट २ हजार १६४, मलेसियाबाट १हजार ३२१, जर्मनीबाट १ हजार १६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् ।

Recent Comments

No comments to show.