नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि आयोजित कार्यक्रममा दुईवटा जलविद्युत् कम्पनी भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो । तल्लो अरूण जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा यो आयोजनाबााट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउँछ। बाँकी बिजुली नेपाल सरकारलाई रोयल्टी तिरेर सतलजले भारतीय बजारमा पुर्‍याउने उल्लेख छ।

६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत परियोजना निर्माणका लागि लगानी बोर्ड नेपालले ९२ अर्ब ६८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरिसकेको छ।

यस्तै, गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन बनाउन समेत नेपाल र भारतबीच सम्झौता भएको छ । यसको निर्माणको लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुने छ ।

जसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ । यस्तै, नेपाल र भारतबीच वाणिज्य सन्धी पुनरावलोकन गर्ने सहमति भएको छ ।

सुदूरपश्चिमको चाँदनी दोधारामा एकीकृत जाँच चौकी(आइसीपी) बन्ने भएको छ । भारत भ्रमणको क्रममा झापामा अमलेखगन्जसम्को पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता भएको छ ।

Recent Comments

No comments to show.