एफएनसीसीआई रोजगार मेलाबाट ६ सयलाई रोजगारी

एफएनसीसीआई रोजगार मेलाबाट ६ सयलाई रोजगारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा मङ्गलबार र बुधबार आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो । भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।

मेलामार्फत करिब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीले रोजगार मेलामा भाग लिन आएका युवालाई मेलापश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउनसमेत अनुरोध गरेका छन् ।

धेरैजसो कम्पनीहरूले रोजगार मेलामा भाग लिन आएका यूवाहरूलाई मेला पश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन्।

मेलामा २ हजार भन्दा बढी युवाहरुले अवलोकनका लागि रजिष्ट्रेशन गरेका थिए। नेपाल सरकारका उच्च अधिकारीहरु, विभिन्न तालीम केन्द्रका पदाधिकारीहरु तथा प्रशिक्षार्थीहरु, विश्व विद्यालयका विद्यार्थीहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुले मेलाको अवलोकन गरेका थिए।

कामको खोजीको लागि चारतिर भौतारिनुपर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनीहरु तथा कामको खोजीमा रहेकाहरुलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी यूवाहरुले बताएका छन्। यस्ता कार्यक्रम महासंघले नियमित रुपमा गर्नुपर्ने सुझाव पनि सहभागी कम्पनीहरुको छ।

महासंघको वस्तुगत परिषदका सभापति हेमराज ढकालको सभापतित्वमा आयोजित रोजगार मेलाको उद्घाटन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए। रोजगार मेला महासंघको वस्तुगत परिषद्को पहलमा भएको हो।

रोजगार मेलाको आज आयोजित समापन समारोहमा महासंघका कोषाध्यक्ष निरक केसीले सहभागी कम्पनीहरुलाई प्रशंसापत्र प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष केसीले रोजगार मेलाले कामको खोजीमा रहेका यूवाहरुलाई ठूलो सहयोग गरेको बताए। पहिलो पटक आयोजना भएको यो कार्यक्रमको अनुभव समेतलाई लिएर महासंघले अबका दिनमा यसलाई निरन्तरता दिने पनि उनले जानकारी गराए।साथै उनले रोजगार मेलालाई सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने नेपाल सरकार, आइएलओ, मेरो जब, रोजगार सेवा केन्द्र, सहभागी कम्पनीहरु, महासंघका सदस्य संघ संस्थालाई धन्यवाद समेत दिए।

कामको खोजीमा रहेका यूवाहरुलाई मेलामा सहभागी कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सिप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको थियो।

रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटन लगायतका क्षेत्रसँग सम्बद्ध कम्पनीहरुको सहभागिता थियो। मेलामा आइएमई मोटर्स, गोल्छा अर्गनाइजेशन, लक्ष्मी ग्रुप, पंचकन्या ग्रुप, चौधरी ग्रुप, सुुगम ग्रुप, यूएनएफपीए,वरुण वेभरेज, दराज, सिंघाग्रुप, नेपाल डिष्टिलरी प्रा.लि., रोजगारी डटकम, सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर, काठमाडुु वल्र्ड स्कूल, कोडअभटार, लिपफ्रग, एमआइटिएल, भुरिलो,हिटाची इनर्जीको सहभागिता थियो।

त्यसैगरी सोर्स कोड प्रालि मेरोजव, फिरन्ते ट्रेक्स एण्ड एक्सिपिडसन्स, स्वीफ्ट ग्रुप,फ्लोरा हिमालयन लि, लस्ट होराइजन ह्याण्डीक्राफ्ट, एचएलई नेपाल, कार्पेन्टर्स स्टप प्रालि, शेर्पा हस्पिटालिटी ग्रुप, के एण्ड के, आउटसोलू, नाङलो बेकरी प्रालि, एफवान सफ्ट, प्रविधि ल्याव्स, केएनपी नेरोल्याक,पूर्ण इन्टरप्राइजेज प्रालि,सव्जी ल्याण्ड, एचआर ल्याव्स, दि टेरेस, इविओ डिजिटल, यूनी कन्सल्टयान्स अलायन्स,रोसी टुर्स एण्ड ट्राभल्स प्रालि, ग्रेट नेपाल होलिडेज, रिभरसाइड स्प्रीन्ज रिसोर्ट, होटल आम्वासडर, आइफ्लाई, डाइनामिक आइडियाज नेपाल, नेपाल डिष्टिलरी प्रालि,नेपाल सिपिङ अलायन्स, सुगम ग्रुप, काठमाडौं मोडल कलेज र वर्ल्ड लिंक लगायतका कम्पनीहरुको सहभागिता थियो।

Recent Comments

No comments to show.