सेभियाले जित्यो युरोपा लिगको उपाधि

सेभियाले जित्यो युरोपा लिगको उपाधि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ।​​ गएराति सम्पन्न फाइनल खेलमा जोसे मारिन्होको इटालियन क्लब एएस रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै सेभियाले सातौं पटक युरोपा लिगको उपाधि जितेको हो।

योसँगै रोमाका प्रशिक्षक जोसे  मोरिन्होको २० वर्षको अपराजित कीर्तिमान समाप्त भएको छ। ​ मोरिन्होले युरोपमा फाइनल पुगेका कुनै पनि खेल हारेका थिएनन्। मोरिन्होले दुई च्याम्पियन्स लिग, दुई युरोपा र एक युरोपा कन्फरेन्स लिग उपाधि आफ्नो नाममा लेखाएका छन्। 

मोरिन्होले सन् २००३ मा पहिलो पटक पोर्टोलाई युरोपा लिगको उपाधि जिताएका थिए। यस पटक भने उनी उपाधि दिलाउनबाट चुके।  ​

हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलको खेलको ३५औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै रोमाले अग्रता लिएको थियो।  दोस्रो हाफको १० मिनेटपछि जियानलुका म्यानसिनीले आत्मघाती गोल गरेपछि सेभिल्ला बराबरीमा आयो। निर्धारित ९० मिनेटमा १(१ गोलको बराबरीपछि खेल आधा घण्टा अतिरिक्त समय खेलिएको थियो। ​ अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। ्

योजितसँगै सेभियाले सबैभन्दा बढी ७ पटक युरोपा लिगको उपाधि जितेको छ।​ सेभियाले यसअघि २००६, २००७, २०१४, २०१५, २०१६, २०२० मा युरोपा लिग जितेको थियो।

त्यस्तै रोमा भने दोस्रो पटक युरोपा लिगको फाइनलमा पुगेर दुवै पटक उपविजेता बनेको छ। रोमा यसअघि १९९१ मा युरोपा लिगको उपविजेता बनेको थियो।

Recent Comments

No comments to show.