प्रधानमन्त्री प्रचण्ड आज भारत जाने, यस्तो चार दिने भ्रमण तालिका

प्रधानमन्त्री प्रचण्ड आज भारत जाने, यस्तो चार दिने भ्रमण तालिका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ। भारतको विदेश मन्त्रालयले आजदेखि हुने प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको हो।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो २:५० मिनेट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमाअवरतरण गर्नेछन्। सो दिन अन्य केही तालिका नरहे पनि परराष्ट्र मन्त्रालयका अनुसार बारखम्बास्थित नेपाली दूतावासको कार्यक्रममा प्रधानमन्त्री सरिक हुनेछन्।

बिहीबार बिहान १०:३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ। सो समयमा उनी राजघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसलगत्तै उनको भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ।

बिहान ११ बजे हाइदरावादहाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ। त्यसपछि ४ बजे प्रधानमन्त्री प्रचण्ड भारतीय उपराष्ट्रपतिलाई भेट्नेछन्।

त्यसको भोलिपल्ट शुक्रबार उनी ४:३५ मा राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनी ८:३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्। शनिबार त्यहाँको काममा सरिक हुनेछन्। त्यसपछि उनी दिल्ली हुँदै ४:२० मा स्वदेश फर्किने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

Recent Comments

No comments to show.