एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई १००० रूपैयाँ क्यासब्याक

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई १००० रूपैयाँ क्यासब्याक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १००० रूपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई १००० रूपैयाँ क्यासब्याक दिने भएको हो । सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले १००० रूपैयाँ क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याकको रकम विजेतालाई वालेट मा प्रदान गरिने छ ।

यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ । 

केहीसमय यता आइएमई पे र एम बैंकबिच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए । 

Recent Comments

No comments to show.