२८० छात्रालाई साइकल

२८० छात्रालाई साइकल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको हो।

गाउँपालिकाले शिक्षामा छात्राहरूलाई आकर्षित गर्नका लागि ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान सञ्चालन गरी शिक्षामा जोड दिएको छ। आधारभूत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्देश्यले ‘छोरी पढाऊ, छोरी बचाऊ’ अभियान चलाएको हो।

गाउँपालिकाले २८० जना छात्रालाई साइकल र ४३२ जना छात्रालाई शैक्षिक सामग्री दिएको छ। गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो। कक्षा ६ का विद्यार्थीलाई झोला, एक/एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो।

गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले शिक्षामा छात्राहरूको पहुँच पुर्‍याउन प्रोत्साहन स्वरूप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए। उनले विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा भर्नादर बढेको बताउँदै विद्यार्थीमा पढ्ने उत्साह बढेको र अभिभावकमा शिक्षाप्रति चेतना बढेको बताए।

अभिभावकले छोरीलाई पढाउनुपर्छ भन्ने सोचमा परिवर्तन आएको थापाको भनाइ छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले छात्राहरू शिक्षित भए शिक्षित घर, परिवार र सभ्य समाज निर्माण हुने बताइन्। समाज परिवर्तनमा महिलाहरू शिक्षित हुन आवश्यक रहेको बताइन्।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्नेमा जोड दिए। विद्यालयलाई भौतिक, शैक्षिक सामग्री लगायत आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको रिजालको भनाइ छ।

प्रदेश सरकार र विजयनगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए।

Recent Comments

No comments to show.