बजेटपछि सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

बजेटपछि सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट शेयर बजारका लागानीकर्तालाई ठूलो झड्का लागेको छ। मंगलवारको बजार खुल्लासाथ ओरालो लागेको बजार उच्च अंकले घटेको हो । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँ बराबरको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार२ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यसको २१ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

उच्च अंकले घटेको बजारमा अहिले श्वेतगंगा हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९.२६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सामुदायिक लघुवित्त ८.७२, सयपत्री हाइड्रोपावर र आदर्श लघुवित्तका सेयरधनीले ७ प्रतिशत गुमाएका छन् ।

पूरानो दायित्वलाई नयाँ मानेर आयकर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेपछि लगानीकर्ताहरु निराश बनेका हुन।

सोमबार ल्याईएको आर्थिक ऐन २०८० मा एफपिओ जारी गरेको कम्पनीले प्राप्त प्रिमियममा सेयर धनिलाई बोनस सेयर दिएको भए त्यसलाई आयकर मानी आयकर तिर्न पुससम्मको समय दिएको छ।

त्यसैगरी, मर्जर गर्दा सौदाबाजी लाभ प्राप्त भएको स्थितिमा सौदाबाजी लाभ प्राप्त भएको रकममा आयकर तिर्न उर्दी दिएको छ।

Recent Comments

No comments to show.