नेपाली क्रिकेट टोली आज दक्षिण अफ्रिका जाँदै

नेपाली क्रिकेट टोली आज दक्षिण अफ्रिका जाँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाँदै छ। 

आगामी असार ३ गतेदेखि जिम्बाब्वेमा दश राष्ट्र सहभागी छनोट खेलका लागि नेपाली टोली आज अभ्यास खेलका लागि दक्षिण अफ्रिका जान लागेको हो। 

नेपालले त्यहाँ स्कटल्यान्ड र नेदरल्यान्डस्‌सहित ४ अभ्यास खेलपछि जिम्बाब्वे जाने तालिका रहेको छ। नेपाली टोली आज साँझ दक्षिण अफ्रिका जाने तालिका रहेको क्यानले जनाएको छ।

नेपालले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ। विश्व क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपाल सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ।  यस्तै घरेलु मैदानमा भएको एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भएको हो।

नेपाली टोलीका कप्तान रोहित पौडेलले टेस्ट राष्ट्रहरुसँग खेल्न पाउने हुँदा टिम उत्साहित रहेको बताएका छन्। 

नेपाल रहेको समूह–ए मा जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्डस् छन्। समूह–बी मा आयरल्यान्ड, श्रीलङका, युएई, ओमान र स्कटल्यान्ड छन्।

समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन्। 

Recent Comments

No comments to show.