राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश

राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा दिएको शुभकामना राष्ट्रपति पौडेलले सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता र नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन्। 

उनले गणतन्त्रले उद्देश्यअनुसारको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सेमा अग्रजहरूको लामो संघर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने बताएका छन्।   

‘लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो’, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ, ‘आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ।’

जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक संघर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष संघर्ष गरेर देशमा एउटा प्रणालीको टुंगो लगाएको शुभकामना सन्देशमा उल्लेख छ। 

Recent Comments

No comments to show.