सुरक्षा घेरामा प्रदेशसभा सञ्चालन गर्न नैतिकताले दिँदैन : उद्धव थापा

सुरक्षा घेरामा प्रदेशसभा सञ्चालन गर्न नैतिकताले दिँदैन : उद्धव थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले सुरक्षा घेरामा प्रदेशसभाको बैठक सञ्चालन गर्न नैतिकताले नदिने बताएका छन्। आइतबार प्रदेशसभा बैठकमा उनले यस्तो बताएका हुन्।

वार्तामार्फत समस्या समाधान गर्न उनले प्रदेश सरकारसँग माग गरेका छन्। आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उनले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि उनको भनाइ थियो।

आन्दोलनलाई वार्ताबाट सम्बोधन गरेको उदाहरण प्रस्तुत गर्न पनि नेता थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरे।

प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएर आइतबार प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ गरीएको छ भने पुनः नामकरण संघर्ष समितिले आइतबारदेखि विराटनगर केन्द्रित आन्दोलन थाल्ने घोषणा गरेपछि राजधानी विराटनगरमा प्रशासनले शनिबार बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो।

Recent Comments

No comments to show.