५ प्रतिशत जनसंख्यामा अझै पुगेन विद्युत्

५ प्रतिशत जनसंख्यामा अझै पुगेन विद्युत्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २६६६ मेगावाट पुगेको हो।

जसमा जलविद्युतबाट २४४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.०४, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट छ।

त्यस्तै, चिनी र मिलबाट सह उत्पादन प्रविधिमार्फत् ६ मेगावाट विद्युत उत्पादन भएको छ।

२०७९ फागुनसम्म ९५ प्रतिशतको पहुँचमा विद्युत पुगेको छ। सरकारले आगामी दुई वर्षमा शतप्रतिशतको पहुँचमा विद्युत पुर्‍याउन लक्ष्य लिएको छ। २०७९ असारमा ९४ प्रतिशतको पहुँचमा विद्युत थियो।

चालु वर्ष ५७ वटा जलविद्युत आयोजना सम्पन्न भएर ८११ मेगावाट विद्युत प्रणालीमा थपिने अनुमान छ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने ३६ वटा आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ।

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ । आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको छ ।

Recent Comments

No comments to show.