काभा महिला भलिबल : कजाकस्तानलाई सोझो सेटमा हराउँदै भारत च्याम्पियन

काभा महिला भलिबल : कजाकस्तानलाई सोझो सेटमा हराउँदै भारत च्याम्पियन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनल खेलमा कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो। भारतले कजाकस्तानमाथि २५–१५, २५–२२ र २५–१८ बाट सहज जित हासिल गर्‍यो।

​घरेलु टोली नेपालले भने तेस्रो स्थानमा चित्त बुझाएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आजै भएको खेलमा उज्वेकिस्तानमाथि ३–१ को सेटमा जित निकाल्दै नेपाल तेस्रो बनेको हो। 

पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै खेलमा पकड जमाएको हो। नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो। 

च्यालेञ्ज कपमा घरेलु टोली नेपालसँगै भारत, बंगलादेश, कीर्गिस्तान, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र कजाकस्तानसहित ८ राष्ट्रले सहभागिता जनाएका थिए।a

Recent Comments

No comments to show.