नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिसिभाबाट पारित भएको छ। 

शनिबार बसेको प्रतिनिधिसभा बैठकले बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गरेको हो। 

सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्दा प्रतिपक्षी दलहरूले ‘हुन्न’ भनेका थिए।सत्तापक्षको बहुमत भएकाले सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे। 

त्यसअघि सभामुखले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। शनिबार नीति तथा कार्यक्रमको छलफलमा भाग लिन बाँकी सदस्यहरूले बोलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए। 

जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम कर्मकाण्डी नभई मौलिक भएको दाबी गरेका थिए। 

आगामी आर्थिक वर्ष २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रम गएको जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गरेका थिए। राष्ट्रियसभा बैठकले जेठ ९ गते नीति तथा कार्यक्रम पारित गरिसकेको छ। 

यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा पेश गर्नेछ। 

Recent Comments

No comments to show.