काठमाडौं । सानिमा बैंक लिमिटेडले नवलपरासीको सुनवल नगरपालिका–४, सुनवल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले शुक्रबारदेखि उक्त शाखाबाट कारोबार सुरु गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।
मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंक को देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया