ए डिभिजन : जावलाखेल र मच्छिन्द्रको बराबरी

ए डिभिजन : जावलाखेल र मच्छिन्द्रको बराबरी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै दुबै टोलीले लिगमा एक/एक अंक बाँडेका छन्। योसँगै मच्छिन्द्र ३५ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ।

तेस्रो स्थानको जावलाखेलले ३४ अंक बनाएको छ। यो बराबरीले शीर्ष स्थानको चर्च ब्वाइजलाई फाइदा भएको छ। चर्च ब्वाइज अझै २ अंकको अग्रतामा छ।

बुधबार  भएको खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै एनआरटी विजयी भएको हो। एनआरटीको जितमा कीर्तीशरत्न छुञ्जुले गोल गरे। जितसँगै एनआरटी २६ अंक सहित आँठौँ स्थानमा उक्लिएको छ।

बुधबार  भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले संकटा क्लबलाई पराजित गरेको छ। च्यासल मैदानमा भएको खेलमा संकटामाथि एपीएफले २–१ को जित निकालेको हो। एपीएफको जितमा आभास लामिछानेले दुई गोल गरे। संकटाका लागि मनीष डाँगीले एक गोल गरे।

Recent Comments

No comments to show.