काठमाडौंमा आजदेखि ‘सम्पदा बस’ चल्ने

काठमाडौंमा आजदेखि ‘सम्पदा बस’ चल्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबारदेखि पर्यटन क्षेत्रलक्षित सम्पदा घुम्ती बस सञ्चालनमा आउने भएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकामा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हाफ अन हफ अफ बस’ सञ्चालन हुन लागेको जानकारी दिए।

 ‘विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ’, उनले भने, ‘नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो।’

सम्पदा बस सञ्चालनको उद्घाटन दिउँसो साढे १ बजे ललितपुर महानगरपालिकाको प्राङ्गणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम छ। बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । 

ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ।

‘दुईवटा बस प्रत्येक ठाउँमा आधा घण्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ। केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ’, उनले भने।

Recent Comments

No comments to show.