नीति तथा कार्यक्रम कागजको खोस्टो होइन, अरूलाई सत्तोसराप गरेर हुँदैन

नीति तथा कार्यक्रम कागजको खोस्टो होइन, अरूलाई सत्तोसराप गरेर हुँदैन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम कागजको खोस्टो मात्र नभएको बताएका छन्।

सोमबार संसद बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम कागजको खोस्टो नभई देशको समस्या समाधान गर्न अगाडि बढ्ने खालको रहेको बताएका हुन्।

बैठकमा ओलीप्रति व्यंग्य गर्दै उनले सरकार आफ्नो हातबाट फुस्किएपछि अरूलाई सत्तोसराप गरेर केही नहुने बताए।

“सहकार्य आवश्यक छ । एकले अर्कालाई घोचेर मात्र हुँदैन । पीडा, व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन ? अरूलाई दोष दिएर हुँदैन ।

बनिसकेको सरकार किन आफ्नो हातबाट फुस्कियो ? अरूलाई सत्तोसराप गरेर हुँदैन,” उनले भने ।

सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। अरुलाई अवमूल्यन गर्ने प्रवृति हो, सबैको साथ लिनेभन्दा पनि आफ्नै पाराले चल्ने प्रवृति पनि हो। यसबाट मुक्त हुनुपर्छ।’

पूर्वप्रधानमन्त्री नेपालले देशलाई ठग्न खोज्नेले आफू र जनतालाई ठगिरहेको हुने बताए। उनले राज्यका सबै संरचना इमान्दार हुनुपर्नेमा जोड दिए।

Recent Comments

No comments to show.