भारतमा २ हजारको नोट प्रतिबन्ध

भारतमा २ हजारको नोट प्रतिबन्ध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले २ हजार रूपैयाँका नोट नचल्ने निर्णय गरेको हो। आरबीआईले बिशेष सर्कुलर मार्फत २ हजारका नोट अबैध घोषणा गरेको हो।

सन २०२३ को सेप्टेम्बरसम्म २ हजार दरका नोटहरु बैंकहरुमा जम्मा गरिसक्न पनि आरबीआईले सूचित गरेको छ। आम नागरिकले आफुसँग रहेको २ हजारका नोटहरु २०२३ सेप्टेम्बर ३० तारिखसम्म बैंकमा जम्मा गर्न सक्नेछन्।

उनीहरुले २ हजारका नोट दिएर सटही सुबिधा समेत पाउनेछन्। मे २३ तारिखदेखि नागरिकहरुले एक पटकमा २० हजारसम्मको नोट सटही सुबिधा पाउनेछन्। नोट सटहीका लागि कुनै पनि अतिरिक्त शुल्क पनि तिर्नुपर्ने छैन। आरबीआईका अनुसार ३१ मार्च २०२३ सम्म बजारमा ३.६२ लाख करोड बराबरको २ हजारका नोट बजारमा छन्।

भारतले सन २०१६ को नोभेम्बर ८ मा ५ सय र १ हजारका नोटहरु बन्दी गरेको थियो। त्यसपछि सरकारले गुलावी रंगको २ हजार र ५ सय दरका नोट बजारमा ल्याएको थियो।

Recent Comments

No comments to show.