‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बनेका छन्। चारैजनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्। 

यस्तै, प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो।

कार्यक्रमका आयोजक डा सन्तोष उपाध्यायले कार्यक्रम आयोजना गरेर युवाका लागि मञ्च निर्माण गरेको बताए। “मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालीलाई पुर्‍याउने र जिताउने हो”, उनले भने। प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १ सय ७० जना सहभागी थिए।  

Recent Comments

No comments to show.