घरको नक्सा पास गर्न महानगरको फेरि दियो ३५ दिने ‘अल्टिमेटम’

घरको नक्सा पास गर्न महानगरको फेरि दियो ३५ दिने ‘अल्टिमेटम’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र मापदण्ड अनुकुल भएका तर नक्सपास नभएका भवनहरूको नक्सा स्वीकृत र नियमित गर्न पुनः ३५ दिने सूचना निकालेको छ।

महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।

यसअघि भदौ २३ गते ९० दिनको निकालेको सूचनामा समयभित्र नक्सा स्वीकृत वा नियमित गर्न असमर्थहरूका लागि पुनः अनुरोध गर्दै सूचना निकालेको महानगरले जनाएको छ।

तोकिएको समयभित्र नक्सा पेस गरी नक्सा स्वीकृत वा नियमित नगराएमा त्यस्ता भवनहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ।

Recent Comments

No comments to show.