काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ को मोटरसाइकल दुर्घटनामा परेको छ ।
यात्रुबाहक बस अनियन्त्रित भई खोलामा खस्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरीको अनुसार घाइते मध्ये ६ जनाको पिपल्स अस्पताल नयाँ बजार र बाँकीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया