बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ। दुई देश बीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो। 

नेपालको बिजुली भारतीय प्रसारण लाईन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ।  नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ। 

दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भाद्र मै नेपाल र बंगलादेश बीच भएको थियो।

Recent Comments

No comments to show.