डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो,पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो,पेट्रोलको यथावत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।

यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो । पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६० रुपैयाँ, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० थयावत कायमै राखेको छ ।

Recent Comments

No comments to show.